नियम ४
निरीक्षण, अनुगमन एवं मूल्याङ्कन प्रक्रिया
(१) आयोगले ऐनको दफा ७ को खण्ड (ङ),
(च) र (थ) बमोजिम निरीक्षण, अनुगमन तथा मूल्याङ्कन गर्दा देहायको आधारमा गरी अनुसूची-१ बमोजिमको ढाँचामा अनुगमन प्रतिवेदन तयार गर्नु पर्नेछः-
(क) कार्यक्रमको उद्देश्य, विषय र प्रकृति,
(ख) सम्पन्न गर्न तोकिएको कामको विवरण,
(ग) सम्पादित कामको विवरण,
(घ) सम्पादित कामको स्तर,
(ङ) काम सम्पन्न गर्नुपर्ने समय सीमा,
(च) सम्पन्न हुन बाँकी कामको विवरण,
(छ) बाँकी काम सम्पन्न गर्न लाग्ने समयको अनुमान,
(ज) कार्यक्रमको उपलब्धिको विवरण,
(झ) अन्य प्रासङ्गिक कुराहरु ।
(२) उपनियम (१) बमोजिम निरीक्षण, अनुगमन एवं मूल्याङ्कन गरी प्रतिवेदन पेश गर्न आयोगले टोली खटाउन सक्नेछ।
(३) उपनियम (२) बमोजिम खटिएको टोलीबाट प्राप्त प्रतिवेदन सम्बन्धमा आयोगले छलफल गरी आवश्यक निर्णय गर्नेछ।